Logo

आइतवार, कार्तिक १६ गते २०८३

दुई फरार कैदीबन्दी पक्राउ

दुई फरार कैदीबन्दी पक्राउ

  • समाचार
  • पौष ४, २०८२ शुक्रवार ०६:३४ बजे
  • 454
    SHARES
  • दुई फरार कैदीबन्दी पक्राउ

    काठमाडौँ, ४ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ ।

    मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    कारागारबाट फरार रहेका र उपत्यकाका विभिन्न स्थानमा लुकीछिपी बसेको अवस्थामा ब्यूरोबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरी कारागार कार्यालय जगन्नाथदेवल सुन्धारामा पेस गरिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend