Logo

बुधवार, कार्तिक १२ गते २०८३

आँबुखैरेनीबाट कतारमा सयपत्री निर्यात

आँबुखैरेनीबाट कतारमा सयपत्री निर्यात

  • समाचार
  • कार्तिक २६, २०८० आइतवार २३:०५ बजे
  • 1.1K
    SHARES
  • आँबुखैरेनीबाट कतारमा सयपत्री निर्यात

    तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले पहिलोपटक दोहाको कतारमा सयपत्री निर्यात भएको छ । 

       आँबुखैरेनी–१ स्थित याञ्चोक आमा समूह र आँधीमूल आमा समूहले उत्पादन गरेका सयपत्री कतार निर्यात गरिएको हो । व्यावसायिक फूलखेती थालेसँगै बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य भएको यान्चोक आमा समूहकी अध्यक्ष सुनिता आलेमगरले जानकारी दिइन् ।  

    सधैँ चुल्हो र चौकामा मात्र सीमित हुने यहाँका महिला पछिल्ला समय आयआर्जनतर्फ उन्मुख भएका अध्यक्ष आलेमगरले बताइन् । उत्पादनसँगै महिलाहरुलाई आयआर्जनमा जोड्न गाउँपालिका कार्यालयले फूलका बीउ अनुदानदेखि प्राविधिक सहयोगसम्म गर्दै आएको छ । 

    दुवै आमा समूहले २१ रोपनी क्षेत्रफलमा लगाएको ३० हजार बोटबाट उत्पादित ८५ किलो फूल कतार निर्यात गरेका गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए । प्रतिकिलो रु पाँच सय ५० का दरले फूल निर्यात गरिएको हो । 

    दोहाको रिजेन्सी मार्केटस्थित सुदान फ्लावरले नेपालबाट फूल लगेको त्यसका सञ्चालक कविन्द्र कँडेलले बताए । 

     

    Screenshot_2023-11-12-23-06-26-604_com.facebook.katana-edit.jpg

     

    श्रोत: रातोपाटी, रासस 

     


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend