काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले टिकटक बन्द गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयन गर्न सञ्चार मन्त्रालयलाई आवश्यक पहल गर्ने निर्णय भएको उनले बताइन्।

श्रोत: रातोपाटी