Logo

आइतवार, कार्तिक १६ गते २०८३

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

  • समाचार
  • पौष ७, २०८२ सोमवार ०६:४० बजे
  • 568
    SHARES
  • दुई रेष्टुरेन्टलाई ५० हजारको दरले जरिवाना

    काठमाडौँ, ७ पुस : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग तथा फर्मलाई रु ५० हजारको दरले जरिवाना गरेको छ ।

    उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार उत्पादकले प्रत्येक वस्तुको कारखाना मूल्य तथा बिक्रेताले बिक्री वितरण गर्ने प्रत्येक वस्तुको थोक वा खुद्रा मूल्यसूची राख्नुपर्ने व्यवस्था छ । उद्योग दर्ताको प्रमाणपत्र तथा व्यवसायको हकमा व्यवसाय दर्ता, इजाजतपत्र बिक्रीस्थलमा सर्वसाधारणले देख्ने गरी राख्नुपर्ने व्यवस्था छ ।

    सोही व्यवस्था पालना नगरेको भन्दै विभागले प्रिया स्वीट एण्ड चाट हाउस काठमाडौँ महानगरपालिका–३ महाराजगञ्ज र आई क्याफे रेष्टुरेन्ट एण्ड बार टोखालाई रु ५० हजारको दरले जरिवाना गरेको हो ।

    त्यसैगरी विभागले अन्य १४ वटा फर्मको अनुमगन गरी, निर्देशनात्मक कारवाही गरेको छ । विभागले पछिल्ला दिनमा बजार अनुमगनलाई तीव्र पारेको छ । बजारलाई स्वच्छ बनाउन, कालोबजारीको नियन्त्रण गर्न तथा अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउन क्रियाशिल भएको जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend