Logo

बुधवार, कार्तिक १२ गते २०८३

विदेशी पर्यटकलाई सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपी (तस्बिरहरू)

विदेशी पर्यटकलाई सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपी (तस्बिरहरू)

  • समाचार
  • कार्तिक २९, २०८० बुधवार २१:०९ बजे
  • 1.1K
    SHARES
  • विदेशी पर्यटकलाई सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपी (तस्बिरहरू)

    पोखरा । पोखरामा रहेका पर्यटकहरूलाई तिहारको अवसरमा भाइटीका लगाइएको छ । होटल संघ पोखराले आयोजना गरेको भाइटीका महोत्सवमा विदेशीहरू सप्तरङ्गी टीका, सयपत्रीको माला र ढाका टोपीमा सजिए ।

    होटल संघले यो वर्ष १६ औँ संस्करणको भाइटीका महोत्सव गरेको हो । पछिल्ला वर्षहरूमा पर्यटकको सहभागिता समेत बढ्न थालेको आयोजकले जनाएको छ । 

    संघका अध्यक्ष लक्ष्मण सुवेदीले सुरुका वर्षहरूमा खासै पर्यटकको सहभागिता नभए पनि आजभोलि निकै बढ्न थालेका बताए । ‘जसोतसो महोत्सवलाई निरन्तरता दिइयो । अचेल चाहिँ धेरै पर्यटक आउन थालेका छन्,’ उनले भने, ‘केही पर्यटक त दोहो¥याएर सहभागी हुन थाले । यो हाम्रो सम्पत्ति हो ।’ 

    यो वर्ष विभिन्न १६ देशका ६८ पर्यटकले टीका लगाए । युके, अमेरिका, जर्मनी लगायत देशका पर्यटक सहभागी भएका महोत्सव संयोजक तथा होटल संघकी सचिव पार्वती पाण्डेले जानकारी दिइन् । उनका अनुसार पर्यटक प्रवर्द्धनसँगै संस्कृतिको विस्तार गर्न पनि महोत्सव फलदायी भएको छ । 

    पर्यटकलाई नेपालको संस्कार र संस्कृतिको जानकारी गराउनु मुख्य उद्देश्य हो,’ उनले भनिन्, ‘हामी धेरै हदसम्म सफल भएका छौँ ।’ पर्यटकहरूले तिहारको अवसरमा टीका लगाउन पाउँदा प्रसन्न भएको बताए । धेरैले आफूलाई नौलो अनुभव भएको सुनाएका थिए । 

    उनीहरूलाई पोखराको रेन्वो चिल्ड्रेन होमका बालिकाहरूले टीका, माला र ढाका टोपी लगाइदिएका थिए । परम्परा अनुसारको कोसेली पनि दिइएको थियो । सँगै देउसी भैलो र सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।Screenshot_2023-11-15-21-12-08-298_com.facebook.katana-edit.jpg

    Screenshot_2023-11-15-21-11-47-308_com.facebook.katana-edit.jpg

    Screenshot_2023-11-15-21-11-08-939_com.facebook.katana-edit.jpg

    श्रोत:रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend