Logo

आइतवार, कार्तिक १६ गते २०८३

निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

  • समाचार
  • पौष १०, २०८२ बिहिवार १७:२९ बजे
  • 538
    SHARES
  • निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड

    काठमाडौँ, १० पुस: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

    पार्टीको हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनमा परिचालन भएका स्वयंसेवकहरुलाई प्रमाणपत्र प्रदान गर्दै उहाँले निर्वाचनका निम्ति शान्तिपूर्ण वातारण बन्नुपर्ने बताउँदै त्यसो भएमा आफ्नो दल सहभागी हुन्छ भन्नुभयो ।

    त्रास र असुरक्षाकाबीच निर्वाचनको वातावरण नबन्ने अध्यक्ष ओलीको कथन थियो । जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएका हतियार र जेलबाट भागेकाहरूबाट सुरक्षा चुनौती थपिएकोतर्फ लक्ष्य गर्दै उहाँले शान्तिपूर्ण निर्वाचनको वातावारण बनाउने दायित्व सरकारको हो भन्नुभयो ।

    राष्ट्रपति रामचन्द्र पौडेलले हालै आह्वान गर्नुभएको बैठकमा आफू सहभागी भएको र त्यहाँ पनि आफूले आफूहरु चुनावका विरुद्धमा नरहे पनि प्रतिगमनविरोधी कुरा मान्य नहुने कुरा स्पष्ट गरेको बताउनुभयो । आफूले प्रतिनिधिसभाको पुनःस्थापना हुनुपर्ने र फागुन २१ मा चुनाव गर्ने हो भने त्यसको वातावरण बनाउनुपर्छ भन्नेमा जोड दिएको बताउनुभयो ।

    भदौ २३ गते परिचालन भएका सुरक्षाकर्मीले परिस्थितिलाई विचार गरेर सरकारी सम्पतिको सुरक्षा र आत्मरक्षाको लागि निर्णय गरेकाले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानका लागि बोलाउनु युक्तिसङ्गत नहुने बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend