Logo

आइतवार, कार्तिक १६ गते २०८३

प्रजिअसहित गृहका १५ कर्मचारीको सरुवा तथा पदस्थापन

प्रजिअसहित गृहका १५ कर्मचारीको सरुवा तथा पदस्थापन

  • समाचार
  • पौष ११, २०८२ शुक्रवार १८:४० बजे
  • 457
    SHARES
  • प्रजिअसहित गृहका १५ कर्मचारीको सरुवा तथा पदस्थापन

    काठमाडौँ, ११ पुस : गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १५ जना उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ ।

    मन्त्रालयको आजको निर्णयअनुसार सात जना प्रजिअ, छ जना सहसचिव र दुई जना उपसचिवको सरुवा गरेको हो ।

    गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै कारागार व्यवस्थापन विभागका महानिर्देशकको सरुवा गरेको छ । नुवाकोटका प्रजिअ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको छ ।

    गृहका सहसचिवहरू राजन पौडेललाई भोजपुर, लक्ष्मीप्रसाद पौडेललाई पर्वत, रेखा कँडेललाई खोटाङ, शान्तिराज प्रसाईंलाई प्युठान, उमेश ढुङ्गानालाई लमजुङ र मदन कोइरालालाई कञ्चनपुरको प्रजिअमा पदस्थापन गरिएको छ ।

    पर्वतका प्रजिअ हरिप्रसाद घिमिरेलाई दोलखा, तनहुँका प्रजिअ रामकृष्ण अधिकारीलाई सिन्धुपाल्चोक, भोजपुरका प्रजिअ शिवलाल तिवारीलाई तनहुँ, कञ्चनपुरका प्रजिअ लक्ष्मण ढकाललाई इलाम र प्यूठानका प्रजिअ दीपकराज नेपाललाई नवलपरासी पश्चिममको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ ।

    तेह्रथुमका प्रजिअ प्रकाशचन्द्र अधिकारीलाई गृह मन्त्रालयमा ल्याइएको छ । गृहका उपसचिव महेन्द्रकुमार सापकोटालाई सल्यानको प्रजिअ र बन्दना राईलाई तेह्रथुमको प्रजिअमा सरुवा गरिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend