Logo

आइतवार, कार्तिक १६ गते २०८३

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

  • समाचार
  • पौष १२, २०८२ शनिवार ०९:०९ बजे
  • 505
    SHARES
  • झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

    झापा, १२ पुसः मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ ।

    आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरुलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताउनुभयो ।

    आश्रमको १७ औँ शाखाको रुपमा २०८१ मङ्सिर २३ गते झापा शाखा औपचारिक रूपमा सञ्चालनमा आएको थियो । एक वर्षको अवधिमा आश्रम सञ्चालनमा रु ५४ लाख ८१ हजार ९१५ खर्च भएको शाखाको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

    प्रतिवेदनका अनुसार सो अवधिमा शाखाले रु ५४ लाख ६९ हजार ५५७ सेवा आम्दानी गरेको छ भने पुँजीगततर्फ रु ३२ लाख ६६ हजार ३४८ आम्दानी गरेको छ । शाखाको समग्र सम्पत्ति रु दुई करोड २६ लाख ७१ हजार ११८ रहेको र आश्रमको अक्षयकोषमा रु दुई लाख ५२ हजार ८८०, नगद मौज्दात रु २१ हजार १८९ र बैंक मौज्दात रु नौ लाख २७ हजार ११३ रहेको जनाइएको छ ।

    मेचीनगर–४ मा आश्रमको आफ्नै भवन रहेको छ । स्थानीय समाजसेवी रामबहादुर प्रधानको परिवारले दान दिनुभएको दुई बिघा पाँच कट्ठा जग्गामा आश्रम सञ्चालन रहेको छ ।

    उद्धार गरिएकामध्ये सम्भव हुनेहरूको पारिवारिक पृष्ठभूमि पहिचान गरी ३० जनाको सफल पारिवारिक पुनर्मिलन गराइएको र हाल झापा शाखामा ७२ जना आश्रित संरक्षणमा रहेको संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend