Logo

आइतवार, कार्तिक १६ गते २०८३

हरेक नागरिक राष्ट्रका निम्ति इमानदारीपूर्वक लाग्नुपर्ने

हरेक नागरिक राष्ट्रका निम्ति इमानदारीपूर्वक लाग्नुपर्ने

  • समाचार
  • पौष १२, २०८२ शनिवार १८:२७ बजे
  • 601
    SHARES
  • हरेक नागरिक राष्ट्रका निम्ति इमानदारीपूर्वक लाग्नुपर्ने

    सुरुङ्गा (झापा), १२ पुसः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सृजना भएको टिप्पणी गर्नुभएको छ ।

    जेनजी आन्दोलनबाट ठूला राजनीतिक दलले नेतृत्व गरेको सरकार ढलेकोतर्फ लक्ष्य गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो ।

    आज बिर्तामोडमा आयोजित जनजागरणसभामा उहाँले गत भदौ २४ गतेको घटनाले राज्य संयन्त्र कति कमजोर रहेछ भन्ने स्पष्ट पारेको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यो बेला हामीले भनेको कुरालाई बेवास्ता गरियो । अहिले हाम्रो कुरा नसुनेकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र माओवादी पश्चात्ताम गरिरहेका छन् ।”

    राप्रपाको वैकल्पिक मार्ग प्रस्तुत गर्दै अध्यक्ष लिङ्देनले ऊर्जा, कृषि र पर्यटन क्षेत्रको विकासबाट देशको विकास गर्न सकिने बताउँदै हरेक नागरिक इमानदारीपूर्वक राष्ट्रका निम्ति लागिपरेमा पाँच वर्षमा मुलुक विकासको बाटोमा अग्रसर हुने विचार व्यक्त गर्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend