Logo

आइतवार, कार्तिक १६ गते २०८३

आइतबार एमाले सचिवालय बैठक

आइतबार एमाले सचिवालय बैठक

  • समाचार
  • पौष १२, २०८२ शनिवार १८:३३ बजे
  • 481
    SHARES
  • आइतबार एमाले सचिवालय बैठक

    काठमाडौँ, १२ पुसः नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक आइतबार बस्ने भएको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे छलफल गर्न आइतबार बिहान ११ बजे बस्ने गरी बैठक बस्न लागेको एमाले सचिव डा राजन भट्टराईले जानकारी दिनुभयो ।

    बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उहाँले बताउनुभयो । “समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ”, सचिव डा भट्टराईले भन्नुभयो ।

    बैठक ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । पार्टीको ११आँै राष्ट्रिय महाधिवेशनपछि पहिलो पटक सचिवालय बैठक बस्न लागेको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend