Logo

बुधवार, कार्तिक १२ गते २०८३

काठमाडौँको माइतीघर देखि बानेश्वर सम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा

काठमाडौँको माइतीघर देखि बानेश्वर सम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा

  • समाचार
  • मंसिर ४, २०८० सोमवार २१:२२ बजे
  • 634
    SHARES
  • काठमाडौँको माइतीघर देखि बानेश्वर सम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा

    काठमाडौँ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आजदेखि लागु हुनेगरी ३० दिनका लागी  माइतीघर मण्डलादेखि नयाँ बानेश्वर  चोकसम्मको सडक क्षेत्रलाई मंसिर ७ को प्रदर्शनलाई मध्यनजर गर्दै निषेधित क्षेत्रका रुपमा घोषणा गरेका छन् ।

    मंसिर ७ मा नेकपा एमाले निकट युवा सङ्घ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’  कार्यक्रम एकै ठाउँमा गर्ने भएपछि झडपको सम्भावना आकलन गर्दै प्रशासनले यस्तो निर्णय गरेको हो । सो क्षेत्रमा ३० दिनसम्म ५ जनाभन्दा बढी भेला हुन जुलुस र प्रदर्शन गर्न रोक लागेको छ ।

    प्रशासन कार्यालयका अनुसार निषेधित क्षेत्रमापद्यमोदयमोड देखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतिर तथा बबरमहल, बिजुलीबजार र नयाँ बानेश्वरचोक सम्मलाई निषेधित क्षेत्र तोकिएको छ ।

     

    Screenshot_2023-11-20-21-19-18-521_com.android.chrome-edit.jpg


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend