Logo

आइतवार, कार्तिक १६ गते २०८३

राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा

राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा

  • समाचार
  • पौष १३, २०८२ आइतवार १९:१० बजे
  • 820
    SHARES
  • राष्ट्रिय भलिबल प्रतियोगिताः हेल्प नेपाल क्वाटरफाइनलमा

    काठमाडौँ, १३ पुसः राजधानीमा जारी राष्ट्रिय एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा हेल्प नेपाल क्लबले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको पुरुषतर्फको खेलमा हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोतिगाको क्वाटरफाइनमा स्थान बनाएको हो ।

    तीन पाकिस्तानी खेलाडीको साथ पाएको हेल्प नेपालले मणिमुकुन्द भलिबल क्लबमाथि पहिलो सेट २५–१६, दोस्रो सेट २५–१९ तथा तेस्रो सेट २५–२२ ले पाखा लगाउँदै जित हासिल ग¥यो । समूह ‘ए’ को पहिलो खेलमा हेल्प नेपालले विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो ।

    यसैगरी आजै भएको महिलातर्फको दुई खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् । एपिएफले सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्लाई ३–० को सोझो सेटमा हराएको हो । एपिएफले सुदूरपश्चिममाथि २५–६, २५–११ र २५–१२ अङ्कको जित निकाल्यो ।

    त्यस्तै विभागीय टोली आर्मीले चुली युवा क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्यो । आर्मी २५–१६, २५–१२ र २५–९ अङ्कका साथ विजयी भएको हो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend