Logo

आइतवार, कार्तिक १६ गते २०८३

नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

  • समाचार
  • पौष १५, २०८२ मंगलवार ०७:५८ बजे
  • 616
    SHARES
  • नवलपरासीमा दुई लाख ५४ हजार मतदाता

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १५ पुसः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्या निर्वाचनका लागि पश्चिम नवलपरासीमा कूल मतदाताको अन्तिममा नामावली सार्वजनिक भएको छ ।

    जिल्ला निर्वाचन कार्यालय नवलपरासीका सूचना अधिकारी रामकरण लोनियाले जिल्लामा दुई लाख ५४ हजार १५७ जना कूल मतदाता रहेका जानकारी दिनुभयो । उहाँका अनुसार पुरुष एक लाख २९ हजार ९७० र महिला एक लाख २४ हजार १८३ जना रहेका छन् भने अन्यमा चार जना छन् ।

    नयाँतर्फ ११ हजार ५०७ जनाले नामावली दर्ता गराएका लोनियाले बताउनुभयो । “नागरिकताबाट दर्ता गराउने छ हजार १४१ जना रहेका छन् र राष्ट्रिय परिचयपत्रबाट दर्ता गराउने पाँच हजार ३६६ जना छन्”, उहाँले भन्नुभयो, “मतदाता नामावलीमा नाम समावेश भए पनि १८ वर्ष पूरा नभएकाले मतदान गर्न पाउँदैनन् ।”

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend