Logo

आइतवार, कार्तिक १६ गते २०८३

समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का

समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का

  • समाचार
  • पौष १५, २०८२ मंगलवार ०८:०३ बजे
  • 559
    SHARES
  • समृद्ध मुलुक निर्माणमा ऊर्जा प्रदान गर्न सकोस्ः कार्यवाहक सभापति खड्का

    पाटन (ललितपुर), १५ पुसः नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भनेर तमु ल्होसारको शुभकामना व्यक्त गर्नुभएको छ ।

    तमु (गुरुङ) जातिकोे महान पर्व ‘तमु ल्होसार’ को उपलक्ष्यमा शुभकामना सन्देश जारी गर्दै कार्यवाहक सभापति खड्काले यो पर्वले नेपालीबीच आपसी विश्वास र एकताको भावनालाई अभिवृद्धि गर्दै आर्थिक र सामाजिक रूपले समृद्ध मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गर्न सकोस् भन्दै शुभकामना व्यक्त गर्नुभएको हो ।

    “तमु जातिको नयाँ वर्षका रूपमा मनाइने ल्होसारले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गरेको छ । यो पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई मजबुत बनाएको छ”, उहाँले भन्नुभएको छ ।

    कार्यवाहक सभापति खड्काले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा नेपाली कांग्रेस र मेरो व्यक्तिगततर्फबाट सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend