Logo

सोमवार, कार्तिक १७ गते २०८३

एन्फाको चुनावी साधारणसभा आगामी माघमा

एन्फाको चुनावी साधारणसभा आगामी माघमा

  • समाचार
  • पौष १६, २०८२ बुधवार १८:२६ बजे
  • 382
    SHARES
  • एन्फाको चुनावी साधारणसभा आगामी माघमा

    काठमाडौँ, १६ पुस : अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को चुनावी साधारणसभा आगामी माघको अन्तिम साता झापामा हुने भएको छ ।

    सातदोबोटोस्थित एन्फा मुख्यालयमा एन्फा अध्यक्ष पङ्कज बिक्रम नेम्वाङको अध्यक्षतामा आज बसेको कार्यसमिति बैठकले आगमी माघ २८ गते चुनावी साधारणसभा गर्ने निर्णय गरेको हो । एन्फाको कार्यसमितिको कार्यकाल आगामी असार ४ गते सकिँदै छ । यस चार वर्षे कार्यकाललाई छोट्याएर माघमै निर्वाचन गर्ने बैठकले पारित गरेको हो ।

    त्यस्तै बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखा परीक्षण गर्न लेखापरीक्षण तथा अनुपालक समितिको सिफारिस बमोजिम सुबोध एसोसियट्सलाई नियुक्त गर्ने निर्णय पारित भएको एन्फाले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend