Logo

बुधवार, कार्तिक १२ गते २०८३

महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छ : मन्त्री शर्मा

महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छ : मन्त्री शर्मा

  • समाचार
  • मंसिर ९, २०८० शनिवार २०:५१ बजे
  • 664
    SHARES
  • महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्छ : मन्त्री शर्मा

    काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले महिला चलचित्रकर्मीहरुको विकासका लागि राज्यले सहयोग गर्ने बताएकी छिन् । शनिवार काठमाडौँमा आइवार्ट नेपाल इन्टरनेशनल वुमेन्स फिल्म फेस्टिबल, २०२३ लाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

    उनले सरकारले महिला चलचित्रकर्मीहरुलाई कसरी प्रर्वद्धन गर्ने भन्नेबारेमा विभिन्न हिसावले सोचिरहेको बताइन् । उनले संविधानले महिलाको समावेशिताको विषय उठाएको र सबै क्षेत्रमा महिलाले विकास गर्दै गइरहेको पक्ष आफैँमा राम्रो भएको बताइन् । उनले भनिन्– ‘सरकारले महिला चलचित्रकर्मीहरुलाई कहाँ सहयोग गर्नसक्छ, त्यो गर्नेछ ।’

    उनले त्यो क्षेत्रको नेतृत्व गर्ने ढंगले जसरी विकास भइरहेको छ, यो आफैँमा हाम्रो व्यवस्थाको सुन्दर पक्ष रहेको बताइन् । उनले भनिन्– ‘यस क्षेत्रमा महिला चलचित्र कर्मीले जसरी प्रयत्न गरिरहनुभएको छ, त्यो उद्देश्यसँग पुग्न नेपाल सरकारसँग चलचित्र विकास बोर्ड छ । यसमा राज्यले सहयोग गर्छ ।’

    मन्त्री शर्माले राज्यले महिला चलचित्रकर्मीहरुलाई आवश्यक सहयोग गर्ने बताइन् ।

     

    श्रोत: रातोपाटी


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend