Logo

बुधवार, कार्तिक १२ गते २०८३

बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : शेरबहादुर देउवा

बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : शेरबहादुर देउवा

  • समाचार
  • मंसिर १६, २०८० शनिवार १९:४९ बजे
  • 697
    SHARES
  • बुद्धजन्मस्थलबाट सुरु भएको सम्मेलनले पार्टी बलियो बन्छ : शेरबहादुर देउवा

    बुटवल । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब पार्टीलाई बलियो बनाउने बताएका छन् ।

    बुटवलमा आजदेखि सुरु भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश प्रथम सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै देउवाले गौतमबुद्ध जन्मेको भूमिबाट कांग्रेस बलियो बनाउने विश्वास व्यक्त गरेका हुन् ।

    निकै छोटो बोलेका देउवाले भने, ‘कम बोल्ने काम बढी गर्नेछु । बोल्ने भन्दा काम गरेर देखाउनुपर्छ ।’

    उद्घाटन समारोहअघि नेताहरूले पार्टीभित्र गुटबन्दी अन्त्य गर्नुपर्ने, प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्ने धारणा राखेको थिए ।

    देउवाले आफू मिलेर काम गर्न तयार रहेको स्पष्ट पारे । ‘चन्द्र भण्डारीको भाषण सुनियो। उहाँसँगै काम गर्नेछौँ’, उनले भने ।

    धेरै नेताहरूले भाषण गरेको र देउवा साढे ५ बजे काठमाडौँ फर्कने तालिका रहेकाले कार्यक्रम सञ्चालकले नेताहरूलाई पटक-पटक छोटो बोल्न भनेका थिए ।

    श्रोत:रातोपाटी 


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend