Logo

बुधवार, कार्तिक १२ गते २०८३

प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थप गर्छौं : स्वास्थ्यमन्त्री जोशी

प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थप गर्छौं : स्वास्थ्यमन्त्री जोशी

  • समाचार
  • मंसिर १७, २०८० आइतवार १५:३३ बजे
  • 703
    SHARES
  • प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थप गर्छौं : स्वास्थ्यमन्त्री जोशी

    चितवन - बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले सबै प्रादेशिक अस्पतालहरुमा फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आधुनिक चिकित्सा पद्धतिका रुपमा फिजियोथेरापीले महत्वपूर्ण भूमिका खेल्ने भन्दै मन्त्री जोशीले फिजियोथेपापिस्टको दरबन्दी थपका लागि पहल गर्ने बताउनुभएको हो ।

    नेपाल फिजियोथेरापी संघले चितवनमा आयोजना गरेको ११औँ अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । चिकित्सा पद्धतिमा फिजियोथोपी निकै प्रभावकारी हुने मन्त्री जोशीको भनाई थियो । उहाँले स्वास्थ्य क्षेत्रको महत्वपूर्ण अगंको रुपमा रहेको फिजियोथोपी सेवालाई प्रादेशिक अस्पतालहरुमा विस्तार गर्ने बिषयलाई गम्भीरताका साथ लिने बताउनुभयो । 'यसलाई सरकारले दिने स्थान, नीति निर्माणमा समेट्ने बिषयमा मेरो ध्यानाकर्षण भएको छ' उहाँले भन्नुभयो, स्वास्थ्य क्षेत्रको अगंको रुपमा रहेको फिजियोथोपी सेवालाई कसरी विस्तार गर्न सकिन्छ भन्ने बिषयलाई गम्भीरताका साथ लिनेछु ।'

    अस्पतालहरुमा फिजियोथेरापिस्ट थोरै भएका कारण बिरामीले पाउनुपर्ने जति सेवा पाउन नसकेको मन्त्री जोशीको भनाइ थियो । उहाँले फिजियोथेरापी सेवा सरकारी, निजी तथा प्राकृतिक चिकित्सालयमा अत्यावश्यक रहेको औंल्याउनुभयो । सरकारी अस्पतालमा सेवा विस्तार गर्ने र निजी अस्पताललाई स्वीकृति दिँदा नै फिजियोथेरापी सेवा अनिवार्य गरेर मात्रै दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

    बागमती प्रदेश अन्तर्गतका प्रादेशिक अस्पतालहरुमा फिजियोथेरापीको दरबन्दी थप भइरहेको पनि उहाँले जानकारी दिनुभयो। प्रदेशका १३ वटै अस्पतालमा दरबन्दीका लागि प्रस्ताव भइसकेको र भक्तपुर, सिन्धुली, नुवाकोटमा स्वीकृति गरेर पठाइसकेको पनि मन्त्री जोशीले जानकारी दिनुभयो ।

    फिजियोथेरापी विषय पढ्ने विद्यार्थी नेपालमै पढ्ने वातावरण बनाउन संघीय सरकारका स्वास्थ्य मन्त्री र आफूसमेत लागि परेको मन्त्री जोशीले जानकारी दिनुभयो । तिनै तहका अस्पतालमा फिजियोथेरापीको दरबन्दी र सेवा विस्तारका लागि आफूले सक्दो पहल गर्ने मन्त्री जोशीको प्रतिवद्धता थियो ।

     

     

    श्रोत:Synergy Fm 91.6


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend