Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

  • समाचार
  • पौष २५, २०८२ शुक्रवार १८:३१ बजे
  • 709
    SHARES
  • स्वास्थ्य बिमा सुधारका लागि सरकार प्रयासरत छः स्वास्थ्यमन्त्री

    काठमाडौँ, २५ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले स्वास्थ्य बिमा सुधारका लागि प्रयासरत रहेको बताउनुभएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र स्वास्थ्य बिमा बोर्डको संयुक्त आयोजना तथा जर्मन विकास सहयोग संस्थाको सहकार्यमा आज यहाँ आयोजित स्वास्थ्य बिमा सुधार कार्यक्रममा उहाँले स्वास्थ्य बिमा कार्यक्रम सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभयो ।

    मन्त्री गौतमले स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी दिगो बनाउने भन्नेमा सरकारले चिन्तन गरिरहेको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमका कमीकमजोरीलाई विश्लेषण गर्न विज्ञ तथा सरोकारवालासँग निरन्तर छलफल गरेको जानकारी दिनुभयो ।

    स्वास्थ्य बिमा बोर्डका निर्देशक डा रघुराज काफ्लेले स्वास्थ्य बिमा कार्यक्रम सामाजिक सुरक्षाको महत्त्वपूर्ण पाटो भएको र नाफा कमाउने उद्देश्यले सञ्चालन नगरिएको स्पष्ट पार्नुभयो । डा काफ्लेले स्वास्थ्य बिमा कार्यक्रमका लागि पर्याप्त बजेट, दीर्घकालीन प्रतिबद्धता र स्पष्ट नीतिमा बहस आवश्यक रहेकामा जोड दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend