Logo

बिहिवार, कार्तिक १३ गते २०८३

दोगडाकेदारको रनिङ शिल्ड पिपलकोटको कब्जामा

दोगडाकेदारको रनिङ शिल्ड पिपलकोटको कब्जामा

  • समाचार
  • पौष २८, २०८२ सोमवार १८:५१ बजे
  • 523
    SHARES
  • दोगडाकेदारको रनिङ शिल्ड पिपलकोटको कब्जामा

    बैतडी, २८ पुसः बैतडीको दोगडाकेदार गाउँपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि श्रीकेदार मावि पिपलकोटले जितेको छ ।

    लवलेक खेलमैदानमा सम्पन्न रनिङ शिल्डमा पिपलकोटले ११ स्वर्ण, चार रजत र आठ कास्यसहित उपाधिमा कब्जा जमाएको हो । योसँगै पिपलकोटले रनिङ शिल्डमा ‘ह्याटिक’समेत गरेको छ । यस्तै सात स्वर्ण र एक कास्यसहित रौलेश्वर मावि कालागाउँ दोस्रो र छ स्वर्ण, छ रजत र छ कास्यसहित भगवती मावि सित्तड तेस्रो भएको छ ।

    पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार पुरस्कारसमेत पाए । विभिन्न पदक विजेतालाई गाउँपालिका अध्यक्ष चक्र कार्की, उपाध्यक्ष पार्वती कार्की, शिक्षा शाखा प्रमुख चक्रदेव जोशीलगायतले पुरस्कार वितरण गर्नुभयो । पुस २५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा पालिकाका ११ माविको सहभागिता रहेको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend