Logo

बिहिवार, कार्तिक १३ गते २०८३

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

शुक्लागण्डकी हत्या प्रकरणमा एक जना पक्राउ

  • समाचार
  • माघ १, २०८२ बुधवार ०८:२१ बजे
  • 556
    SHARES
  • शुक्लागण्डकी  हत्या प्रकरणमा  एक जना पक्राउ

    दमौली (तनहुँ), ३० पुस : तनहुँंको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारा कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ परेका छन् । शनिबार कसेरीघाटमा तीन जना मृतावस्थामा फेला परेका थिए ।

    उक्त प्रकरणमा प्रहरीले मङ्गलबार एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिनुभयो । पक्राउ परेकाले हत्या स्वीकार गरेको र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । पक्राउ परेका ती व्यक्ति फोहरमैला प्रशोधन केन्द्र गइरहने प्रहरीले जनाएको छ ।

    मृत भेटिएका शुक्लागण्डकी नगरपालिका–११ का ४१ वर्षीय नारायण विक र भिमाद नगरपालिका–८ भागरका ५८ वर्षीया देउमाया थापाको सनाखत भएको छभने अर्का एक जनाको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend