Logo

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसभित्र एकता आवश्यक छ : नेपाल प्रेस युनियन

कांग्रेसभित्र एकता आवश्यक छ : नेपाल प्रेस युनियन

  • समाचार
  • माघ १, २०८२ बुधवार १९:१० बजे
  • 385
    SHARES
  • कांग्रेसभित्र एकता आवश्यक छ : नेपाल प्रेस युनियन

    काठमाडौँ, ३० पुसः नेपाल प्रेस युनियनले कांग्रेसभित्र एकता आवश्यक रहेको बताएको छ । प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ती जारी गरी मुलुक र लोकतन्त्रको भविष्य हेरेर एकताको यात्रा तय गर्न नेपाली कांग्रेसका नेताहरूलाई आग्रह गर्नुभएको हो ।

    अध्यक्ष लम्सालले लोकतान्त्रिक व्यवस्थामा दलहरू विभाजन हुँदा त्यसको मार सञ्चार क्षेत्रले खेप्नुपर्ने भन्दै विभाजन नभई एकताको बाटो रोज्न सबैलाई अनुरोध गर्नुभयो । उहाँले संविधान र लोकतन्त्रको भविष्यका लागि नेपाली कांग्रेसजस्ता लोकतान्त्रिक दलहरूको एकता जरुरी रहेको उल्लेख गर्नुभयो । “नेपाल प्रेस युनियन नेपाली कांग्रेसका सबै जिम्मेवार नेताहरूले लोकतन्त्र र मुलुकको भविष्यलाई केन्द्रमा राखेर विभाजन नभई एकताको यात्रा तय गर्न अनुरोध गर्दछ,” अध्यक्ष लम्सालद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    नेपाल प्रेस युनियनले युनियनमा आवद्ध देशभरका पत्रकारलाई विचलित नभई एकताको पक्षमा अभिमत प्रकट गर्न अनुरोध समेत गरेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend