Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सिन्धुली नेकपामा टिकटको लफडा, महेश्वर दाहालद्वारा विद्रोहको चेतावनी

सिन्धुली नेकपामा टिकटको लफडा, महेश्वर दाहालद्वारा विद्रोहको चेतावनी

  • समाचार
  • माघ ४, २०८२ शनिवार १८:२८ बजे
  • 469
    SHARES
  • सिन्धुली नेकपामा टिकटको लफडा, महेश्वर दाहालद्वारा विद्रोहको चेतावनी

    काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रभावशाली नेता महेश्वर दाहालले पार्टीको विधि र जिल्लाको सिफारिस विपरित केन्द्रबाट उम्मेदवार लादिए आफूले विद्रोह गर्ने चेतावनी दिएका छन्।

    सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ बाट उम्मेदवार चयनबारे टिप्पणी गर्दै दाहालले सिफारिस विपरीत गइए ‘स्वतन्त्र’ उम्मेदवारी दिने संकेत गरेका छन्।

    दाहालले सम्बन्धित पार्टी कमिटी र कार्यदलले सर्वसम्मत रूपमा गरेको निर्णय विपरित केन्द्रबाट ‘जस्केला’ बाट कोही उम्मेदवार बन्न आए त्यो स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

    उनले आफू अध्यक्ष प्रचण्डलाई भेट्ने तयारीमा रहेको र भेटमा पनि यही कुरा राख्ने बताए।

    टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेता दाहालले शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस समेत लेखेका छन्। उनले लेखेका छन्,

    'हामीलाई फेरि घुँडा टेक्न भनिँदैछ । इतिहास उभिनेहरूको हो । हामी अब उठ्नेछौँ ।'

    नेकपाले सिन्धुली क्षेत्र नम्बर–२ बाट स्थानीय पार्टीले प्रत्यक्ष तर्फ पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित उपमहासचिव हरिबोल गजुरेल र महेश्वर दाहालको नाम सिफारिस गरेको थियो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend