Logo

बिहिवार, कार्तिक १३ गते २०८३

एमाले सचिव राईद्वारा मनोनयन दर्ता

एमाले सचिव राईद्वारा मनोनयन दर्ता

  • समाचार
  • माघ ७, २०८२ मंगलवार १५:५१ बजे
  • 277
    SHARES
  • एमाले सचिव राईद्वारा मनोनयन दर्ता

    टक्सार (भोजपुर), ६ माघः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव शेरधन राईले मनोनयन दर्ता गराउनुभएको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो । एउटा मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरमा पहिलो पार्टीका रूपमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का राजाराम बासी र दोस्रोमा श्रम संस्कृति पार्टीका धु्रव राईले मनोनयन दर्ता गराउनुभएको छ ।

    भोजपुरमा नयाँ र पुराना गरी १३ राजनीतिक दलले मनोनयन दर्ता गर्ने आकलन गरिएको छ । भोजपुरमा कुल एक लाख २५ हजार ७६६ जना मतदाता कायम छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend