Logo

बिहिवार, कार्तिक १३ गते २०८३

‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक

‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक

  • समाचार
  • माघ ७, २०८२ मंगलवार १५:५५ बजे
  • 640
    SHARES
  • ‘जीवन्त सगरमाथा’ रणनीति सार्वजनिक

    काठमाडौँ, ६ माघः वन तथा वातावरण मन्त्रालयले ‘जीवन्त सगरमाथाः नेपालका पर्वतीय उत्पादनशीलता रणनीति’ सार्वजनिक गरेको छ । आज मन्त्रालयले संयुक्त राष्ट सङ्घ र खाद्य तथा कृषि सङ्गठन (एफएओ) को सहकार्यमा तयार पारिएको सो रणनीति सार्वजानिक गरिएको हो ।

    मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले यस रणनीतिबाट हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको जीवनस्तर उकास्न सहयोग पुग्नाका साथै प्राकृतिक सम्पदाको दीर्घकालीन संरक्षण सुनिश्चित हुने अपेक्षा गरिएको बताउनुभयो ।

    रणनीतिमा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, हिमाली जैविक विविधताको संरक्षण, दिगो वन व्यवस्थापन, जलस्रोतको संरक्षण तथा स्थानीय समुदायको जीविकोपार्जन सुदृढीकरणलाई मुख्य आधारका रूपमा समेटिएको छ ।

    साथै पर्वतीय कृषि, जडीबुटी उत्पादन, पर्यटन प्रवद्र्धन, नवीकरणीय ऊर्जा र स्थानीय उत्पादनको मूल्य शृङ्खला विकासमार्फत आर्थिक अवसर सिर्जना गर्ने विषयलाई विशेष महत्व दिइएको छ । रणनीतिले हिमाली तथा पर्वतीय क्षेत्रको दिगो विकासलाई प्राथमिकतामा राख्दै वातावरणीय संरक्षणसँगै आर्थिक उत्पादनशीलता अभिवृद्धि गर्ने लक्ष्य लिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend