Logo

बिहिवार, कार्तिक १३ गते २०८३

प्रतिनिधिसभा सदस्य निर्वाचनः अपराह्न २ः०० बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनः अपराह्न २ः०० बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता

  • समाचार
  • माघ ७, २०८२ मंगलवार १६:०७ बजे
  • 535
    SHARES
  • प्रतिनिधिसभा सदस्य निर्वाचनः अपराह्न २ः०० बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता

    काठमाडौँ, ६ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका सबै १६५ निर्वाचन क्षेत्रमा अपराह्न २ः०० बजेसम्म ८६१ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

    निर्वाचन आयोगका अनुसार उत्साहपूर्वक ती निर्वाचन क्षेत्रमा मनोनयन भइरहेको छ । आजै अपराह्न ५ देखि ७ः०० बजेसम्म उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

    भोलि बिहान १०ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म उम्मेदवारको विरोधमा उजुरी गर्ने र माघ ८ गते साँझ ७ः०० बजे उम्मेदवारको नामावली प्रकाशन गरिने छ । माघ ९ गते बिहान १० देखि अपराह्न १ः०० बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् ।

    यही माघ ९ गते दिउँसो १ देखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी त्यसै दिन अपराह्न ४ः०० देखि साँझ ७ः०० बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend