Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल, २३३ मतदान केन्द्र

भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल, २३३ मतदान केन्द्र

  • समाचार
  • माघ १०, २०८२ शुक्रवार २०:०९ बजे
  • 781
    SHARES
  • भक्तपुरका दुई निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल, २३३ मतदान केन्द्र

    भक्तपुर, ९ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भक्तपुरका दुईवटा निर्वाचन क्षेत्रमा ७६ मतदानस्थल र दुई सय ३३ मतदान केन्द्र निर्धारण गरिएको छ ।

    मतदानका लागि उपकेन्द्र भने थप गरिएको जिल्ला निर्वाचन कार्यालयका प्रमख प्रकाश मगरले जानकारी दिनुभयो । उहाँले यसअघि दुई सय २२ वटा मतदान उपकेन्द्र रहेकामा यस वर्ष १३ वटा थप गरी दुई सय ३५ पु¥याइएको बताउनुभयो । उहाँका अनुसार क्षेत्र नं १ र २ मा गरी दुई लाख पाँच हजार ४१० जना मतदाता छन् ।

    भक्तपुर निर्वाचन क्षेत्र नं १ मा ३७ वटा मतदानस्थल र एक सय १९ मतदान केन्द्र निर्धारण गरेको मगरले जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचन क्षेत्र नं २ का लागि ३९ मतदानस्थलमा एक सय १४ मतदान केन्द्र निर्धारण गरेको छ । कार्यालय प्रमुख मगरले निर्वाचन आयोगद्वारा जारी निर्वाचन आचारसंहिता पूर्ण परिपालनका लागि उम्मेदवार एवं दलहरूलाई आग्रह गर्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend