Logo

मंगलवार, कार्तिक ११ गते २०८३

राष्ट्रिय महिला लिगः च्याम्पियन एपिएफले उपविजेता आर्मीसँग खेल्ने

राष्ट्रिय महिला लिगः च्याम्पियन एपिएफले उपविजेता आर्मीसँग खेल्ने

  • खेलकुद
  • फाल्गुण ७, २०७७ शुक्रवार ०२:२३ बजे
  • 598
    SHARES
  • राष्ट्रिय महिला लिगः च्याम्पियन एपिएफले उपविजेता आर्मीसँग खेल्ने

    काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लिग फुटबल आज सकिँदै छ ।

    प्रतियोगिताका अन्तिम दुई खेल आज हुनेछन् । लिगको उपाधि जितिसकेको सशस्त्र प्रहरीको एपिएफले दशरथ रङ्गशालामा त्रिभुवन आर्मी क्लबसँग खेलेपछि यो सिजनका महिला लिग सकिनेछ ।

    अहिलेसम्मका सबै ११ खेल जितेको एपिएफ ३३ अंकसहित शीर्ष स्थानमा रहेको छ भने उपविजेता आर्मीको २६ अंक छ ।

    आज हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले पुछारमा रहेको चौदण्डीगढी नगरपालिकासँग खेल्नेछ ।

    यो खेल जित्दा पुलिस तेस्रो स्थानमा रहेर लिग सकाउन सफल हुनेछ । बराबरी वा हारले पुलिस पाँचौं स्थानमा रहनेछ ।

    हिजो भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ३÷० ले हराउको स्याङ्जाको वालिङ नगरपालिका १७ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

    राष्ट्रिय महिला लिग फुटबलमा यसपटक तिन विभागिय टोलीहरु आर्मी, पुलिस र सशष्त्रसँगै स्याङ्जाको वालिङ नगरपालिका, मोरङको विराटनगर महानगरपालिका, रौतहटको चन्द्रपुर नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपाकिाल सहभागि थिए ।


    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend