Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने

  • समाचार
  • माघ १६, २०८२ बिहिवार २०:०५ बजे
  • 664
    SHARES
  • मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा हुने

    जनकपुर, १५ माघः मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गर्नुभएको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो ।

    सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend