Logo

बिहिवार, कार्तिक १३ गते २०८३

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

  • समाचार
  • माघ १७, २०८२ शुक्रवार ०७:२९ बजे
  • 454
    SHARES
  • ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’

    काठमाडौँ, १६ माघः यहाँस्थित पाकिस्तानी दूतावासले ‘नेपाली कलाकारको चित्रकलामा झल्किएका पाकिस्तानका रङहरू’ शीर्षकमा बिहीबार यहाँ एक विशेष कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गर्यो ।

    वरिष्ठ नेपाली कलाकार विधाता केसीका सिर्जनाहरुको उक्त प्रदर्शनीमा पाकिस्तान भ्रमणका उहाँका अनुभव तथा सांस्कृतिक, सामाजिक र प्राकृतिक विविधताबाट प्रेरित चित्र समावेश गरिएको थियो । चित्रका माध्यमबाट पाकिस्तानका रङ्गीन परिदृश्य, सांस्कृतिक धरोहर तथा स्थानीय जीवनशैलीलाई कलात्मक रूपमा प्रस्तुत गर्नुभएको छ ।

    त्यस अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत अब्रार हाश्मीले सांस्कृतिक कूटनीति दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउने महत्वपूर्ण माध्यम भएको बताउँदै यसबाट आपसी सांस्कृतिक आदानप्रदान र समझदारी वृद्धि हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend