Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

  • समाचार
  • माघ १७, २०८२ शुक्रवार २०:२९ बजे
  • 277
    SHARES
  • निर्वाचन आचारसंहिता पालना गर्न उम्मेदवारहरुको प्रतिबद्धता

    जुम्ला, १६ माघ : जुम्लाबाट आगामी प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका उम्मेदवारहरुले निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । एकमात्र निर्वाचन क्षेत्र रहेको यहाँ नौ राजनीतिक दल र एक स्वतन्त्र गरी १० जना उम्मेदवार छन् ।

    सदरमुकाम खलङ्गा बजारमा आज आयोजित सर्वदलीय बैठकमा निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न दल र उम्मेदवार सहमत भएका हुन् । सहायक निर्वाचन अधिकृत हरिकृष्ण तिमिल्सिनाले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरोकारवाला निकायदेखि राजनीतिक दललाई निर्वाचन आचारसंहिताको पूर्ण रूपमा पालना गर्न अनुरोध गर्नुभएको थियो ।

    विशेषगरी राजनीतिक दललाई आचारसंहिता पालना गर्न अनुरोध गरिएको जिल्ला निर्वाचन अधिकारी दीपेन्द्र कँडेलले जानकारी दिनुभयो । निर्वाचनलाई मर्यादित र शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सबै निकायको सहयोग आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend