Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

  • समाचार
  • माघ १७, २०८२ शुक्रवार २०:३२ बजे
  • 394
    SHARES
  • आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने

    काठमाडौँ, १६ माघ : अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एसिया क्षेत्र २०२६ को सम्मेलन नेपालमा आयोजना हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

    आगामी वैशाख ३ र ४ गते काठमाडौँमा आइसिसी २०२६ को एसिया क्षेत्रीय सम्मेलन नेपालमा हुने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो । सम्मेलनमा एसिया क्षेत्रमा क्रिकेटको विकासका लागि रणनीतिक प्राथमिकता, विकास कार्यक्रम, शासनसम्बन्धी विषय र भावी दिशाबारे छलफल हुने क्यानले जनाएको छ ।

    सम्मेलनमा आइसिसी एसियाका सदस्य राष्ट्रहरूका प्रमुख पदाधिकारी, प्रशासक र प्रतिनिधिहरूको सहभागिता रहने छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend