Logo

बिहिवार, कार्तिक १३ गते २०८३

सत्र लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

सत्र लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

  • समाचार
  • माघ २४, २०८२ शुक्रवार १५:१९ बजे
  • 718
    SHARES
  • सत्र लाख ५० हजार ठगी गर्ने दुई जना पक्राउ

    काठमाडौँ, २३ माघः रोजगारीका लागि अष्ट्रेलिया र स्लोभाकिया पठाउने भन्दै रु १७ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

    पक्राउपर्नेमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–३ बस्ने ३५ वर्षीय रुपेश लामिछाने तथा धादिङको खनेबा गाउँपालिका–३ बस्ने ३५ वर्षीय हिरा तामाङ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।

    उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये लामिछाने अष्ट्रेलिया पठाउने भन्दै रु नौ लाख तथा तामाङले स्लोभाकिया पठाउने भन्दै रु आठ लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहिन भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।”

    पक्राउ परेका दुवै जनालाई आजै थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रवक्ता कार्कीले बताउनुभयो ।

    RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend