Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

  • समाचार
  • माघ २५, २०८२ शनिवार १६:१२ बजे
  • 337
    SHARES
  • बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

    नेपालगन्ज, २४ माघः निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ वटा घटना दर्ता भएका छन् । ती घटना गत साताका हुन् ।

    निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनामा संलग्न उम्मेदवारलाई सचेत गराउँदै त्यस्ता गतिविधि पुनः नदोहो¥याउन आग्रह गरिएको निर्वाचन आचारसंहिता कार्यान्वयन तथा अनुगमन अधिकृत पूर्णबहादुर खत्रीले बताउनुभयो ।

    निर्वाचन क्षेत्र नं १ मा विद्यालय परिसरमा कार्यक्रम आयोजना गरिएको, निर्वाचन क्षेत्र नं २ मा विभिन्न स्थानमा ग्राभेल गरिएको, भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरिएको, मतदातालाई ‘लकेट’ वितरण गरिएको तथा झण्डासहित नारा लगाउँदै प्रचार गरिएकोलगायत उजुरी परेका थिए ।

    यसैगरी, सामाजिक सञ्जालमार्फत उम्मेदवारविरुद्ध द्वेषपूर्ण अभिव्यक्ति दिइएको, उम्मेदवारले वृद्धाश्रममा भोजन गराएको, पालिकाका अध्यक्ष स्वयंले प्रचारप्रसार गरेको, गैरसरकारी संस्थामा आबद्ध पदाधिकारीले आफ्नो सामाजिक सञ्जालमार्फत पार्टीको प्रचार गरेको, सवारीसाधनमा झण्डा प्रयोग गरिएकोलगायत घटना दर्ता भएका छन् ।

    बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीसमेत रहनुभएका अनुगमन अधिकृत खत्रीले कतिपय स्थानमा उम्मेदवारले स्वयं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको स्वीकार गरेको उल्लेख गर्दै यस्ता घटना जानकारीमा आउनेबित्तिकै अनुगमन तथा आवश्यक प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

    अनुगमन अधिकृत खत्रीले पछिल्ला केही दिनयता आचारसंहिता उल्लङ्घनका घटनामा कमी आउन थालेको जानकारी दिँदै कतिपय घटनामा निर्वाचन आयोगले स्पष्टीकरण सोधिसकेको बताउनुभयो । केही उम्मेदवारसँग मौखिक स्पष्टीकरणसमेत सोधिएको र तत्काल त्यस्ता कार्य नदोहो¥याउन निर्देशन दिइएको उहाँले बताउनुभयो ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend