Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

  • समाचार
  • माघ २८, २०८२ मंगलवार ०८:१३ बजे
  • 487
    SHARES
  • दाङ-३ का अतिसंवेदनशील मतदानस्थलको अनुगमन

    दाङ, २७ माघः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला सुरक्षा समितिले सोमबार पश्चिम दाङका अतिसंवेदनशील दुईसहित चार वटा मतदानस्थलको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ ।

    जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालयको नेतृत्वमा गएको टोलीले अतिसंवेदनशील तुलसीपुर उपमहानगरपालिका–३ को मावि प्रतापकोट, शान्तिनगर गाउँपालिका–१ राप्ती मावि पेदीखोला, तुलसीपुर उपमहानगरपालिका–९ स्थित मावि दोघरे र शान्तिनगर गाउँपालिकाको बिपी मावि बयालेमा रहेको मतदानस्थलको अनुगमन गरेको हो ।

    अनुगमनका क्रममा टोलीले मतदानस्थलको भौगोलिक अवस्था, सुरक्षाको जोखिम, यातायात, सञ्चार, खानेपानीलगायत विषयमा जानकारी लिएको छ । केही दिनअघि सुरक्षा समितिले अतिसंवेदशीलको सूचीमा रहेका बबई गाउँपालिका–१ मा पर्ने सरस्वती मावि गङ्गटे, जनता मावि ज्युला र जनकल्याण आधारभूत विद्यालय भाङबारीको पनि अनुगमन गरिसकेको छ ।

    अनुगमन टोलीमा नेपाली सेनाका प्रमुख सेनानी सन्तोष थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक दीपक श्रेष्ठ, सशस्त्र प्रहरी दाङका प्रहरी उपरीक्षक यदुकुमार कार्की, राष्ट्रिय अनुसन्धान कार्यालय दाङका प्रमुख ओम खड्का, सशस्त्र प्रहरी बल सुरक्षा बेसक्याम्प तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रामप्रसाद भण्डारी, दाङ निर्वाचन क्षेत्र नं ३ का अधिकृत चन्द्रबहादुर सिञ्जालीलगायत सहभागिता थियो ।

    निर्वाचन अधिकृत सिञ्जालीका अनुसार निर्वाचन क्षेत्र नं ३ मा ५६ मतदानस्थल र १६९ वटा मतदान केन्द्र छन् । तीमध्ये पाँच वटा मतदानस्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend