Logo

बिहिवार, कार्तिक १३ गते २०८३

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ: प्रधानमन्त्री कार्की

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ: प्रधानमन्त्री कार्की

  • समाचार
  • फाल्गुण १, २०८२ शुक्रवार १२:३६ बजे
  • 373
    SHARES
  • देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ: प्रधानमन्त्री कार्की

    काठमाडौँ, १ फागुन: प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गर्नुभएको छ ।

    पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिनुभयो ।

    प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्नुभएको उहाँका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

    प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन पनि गर्नुभएको थियो ।

     

    RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend