Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

बाख्रा चराउन जङ्गल जाँदा ढुङ्गाले लागेर मृत्यु

  • समाचार
  • फाल्गुण ३, २०८२ आइतवार ११:४८ बजे
  • 394
    SHARES
  • काँक्रेविहार (सुर्खेत), ३ फागुन ः जाजरकोटको चुनिचाँदे गाउँपालिका–१० लमाराका नरबहादुर रोकायको ढुङ्गाले लागेर मृत्यु भएको छ ।

    बाख्रा चराउन जङ्गल गएका रोकायको भिरमाथिबाट खसेको ढुङ्गा टाउकामा लाग्दा घाइते भएकामा उपचारका क्रममा आज नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

    स्थानीयवासी बेगवान बस्नेतले घाइते रोकायलाई तत्काल अस्पताल पु¥याइए पनि ज्यान बचाउन नसकिएको बताउनुभयो ।

    RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend