Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

ताराखोलास्थित नेपाल माविमा एक करोडको अक्षयकोष स्थापना

  • समाचार
  • फाल्गुण ३, २०८२ आइतवार १२:१३ बजे
  • 268
    SHARES
  • गरिएको अक्षयकोषमा ५६औँ वार्षिकोत्सवका अवसरमा गत वर्ष रु १५ लाख सहयोग प्राप्त भएको थियो । अक्षयकोषलाई वृद्धि गरेर रु दुई करोड बनाउने र सोको ब्याजबाट विद्यालयले पठनपाठनमा गरेको नमूना अभ्यासलाई निरन्तरता दिन परिचालन गरिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।

    अक्षयकोषमा गलकोट समाज जापानले रु पाँच लाख, जितबहादुर खत्रीले रु तीन लाख, टीकाराम कँडेलले रु दुई लाख, गैरआवासीय नेपाली सङ्घ जापानले रु एक लाख ५० हजार, यमबहादुर खत्रीले रु एक लाख, भीमबहादुुर पाण्डेको परिवारले रु एक लाख, कर्णबहादुर केसीले रु दुुई लाख ११ हजार १११, हुमाकुुमारी कँडेलले रु दुई लाख, रती घर्तीले रु ६५ हजार, पोकबहादुर घर्तीले रु ५० हजार र चित्रप्रसाद गौचनले रु एक लाख सहयोग गर्नुभएको छ ।

    त्यसैगरी, राम चालिसेले रु तीन लाख ५० हजार र प्रकाश थापाले रु तीन लाख ५० हजार, लाखिम गैरेले रु ५० हजार र भक्त चोखालले रु ५० हजार सहयोग गर्नुभएको छ । यसैगरी स्वर्गीय हरिबहादुुर चोखालको स्मृतिमा उहाँका बुबा पोकबहादुर चोखालको रु चार लाख ५५ हजार सहयोगमा विद्यालय भवनमा एक कोठा निर्माण भएको छ ।

    चार सय ११ जना विद्यार्थी अध्ययनरत विद्यालयका विद्यार्थीको साधारणतर्फ सरदर सिकाइ उपलब्धि ५५.९५ र प्राविधिक धारतर्फका विद्यार्थीको सिकाइ उपलब्धि ६५.१५ प्रतिशत रहेको प्रअ प्रकाश रोकाले जानकारी दिनुभयो । सङ्घीय सरकारको नमूना विद्यालय कार्यक्रममार्फत ३४ कोठा क्षमताको पाँचवटा भवन निर्माण सकिएको र एक भवन निर्माणाधीन छ । एघारकोठे एक छात्रावास, १३ कोठे शौचालय, कम्युुटर, विज्ञान प्रयोगशाला र पशु विज्ञान प्रयोगशाला स्थापना भएको छ ।

    कक्षा ८ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने गरिएको छ । कोरियाको संस्थाको सहयोगमा सूचना प्रविधियुुक्त अत्याधुनिक मल्टिमिडिया र प्रविधियुक्त कम्युटर विषयको पठनपाठन हुुने कक्षा कोठा पनि रहेको छ ।

    ताराखोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले नेपाल माविलाई आवासीय विद्यालयका रूपमा सञ्चालन गर्ने, स्कुल बसको सुविधा थप गर्ने र क्याम्पससमेत स्थापना गर्ने योजना रहेको बताउनुभयो ।

    –––RSS


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend