Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ताप्लेजुङमा शेर्पा समुदायले मनाए २१५३औँ ग्याल्पो ल्होसार

ताप्लेजुङमा शेर्पा समुदायले मनाए २१५३औँ ग्याल्पो ल्होसार

  • समाचार
  • फाल्गुण ९, २०८२ शनिवार २०:२८ बजे
  • 298
    SHARES
  • ताप्लेजुङमा शेर्पा समुदायले मनाए २१५३औँ ग्याल्पो ल्होसार

    फुङ्लिङ (ताप्लेजुङ), ९ फागुनः नेपाल शेर्पा सङ्घ ताप्लेजुङले आज फुङ्लिङमा २१५३औँ ग्याल्पो ल्होसार पर्व हर्षोल्लासका साथ मनाएको छ । यस वर्षको ल्होसार फागुन ६ गते परे पनि जिल्लामा भने आज शुभकामना आदानप्रदान, सांस्कृतिक प्रस्तुति तथा सामूहिक कार्यक्रममार्फत पर्व मनाइएको हो ।

    सङ्घका अध्यक्ष दावा शेर्पाका अनुसार ल्होसार १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाइने परम्परा छ । मुख्य दिनमा घर–घरमा आफन्तसँग पर्व मनाउने, छरछिमेकीकहाँ आलोपालो जाने र सामूहिक रूपमा शुभकामना साटासाट गर्ने चलन रहेको उहाँले बताउनुभयो । सोही परम्परालाई निरन्तरता दिँदै आज सामूहिक कार्यक्रम आयोजना गरिएको हो ।

    बालबालिकादेखि वृद्धवृद्धासम्मका समुदायका सदस्य मौलिक शेर्पा पोसाकमा सजिएर कार्यक्रममा सहभागी भएका थिए । उनीहरूले सद्भाव र्‍यालीसहित बजार परिक्रमा गरेका थिए । कार्यक्रममा स्याब्रु नाच, सिलि नाचलगायत मौलिक सांस्कृतिक नृत्य प्रस्तुत गरिएको सङ्घले जनाएको छ । ल्होसार पर्वले शेर्पा समुदायबीच एकता, सांस्कृतिक संरक्षण र आपसी सद्भाव अभिवृद्धि गर्ने विश्वास गरिएको छ ।


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend