Logo

बिहिवार, कार्तिक १३ गते २०८३

स्वाधिनताभन्दा ठूलो विकास होइन : अध्यक्ष राई

स्वाधिनताभन्दा ठूलो विकास होइन : अध्यक्ष राई

  • समाचार
  • फाल्गुण १५, २०८२ शुक्रवार १९:२४ बजे
  • 697
    SHARES
  • स्वाधिनताभन्दा ठूलो विकास होइन : अध्यक्ष राई

    आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले देश निर्माणको आधार स्वाधिनता, श्रम र जनसहभागिता भएको उल्लेख गर्नुभयो ।

    यही २१ गते हुने निर्वाचनलाई सही नेतृत्व चयन गर्ने अवसरका रूपमा लिन आग्रह गर्दै अध्यक्ष राईले गफभन्दा काम गर्ने उम्मेदवारलाई मत दिन अपिल गर्नुभयो । “निर्वाचन भनेको चुन्ने प्रक्रिया हो, त्यसैले जनताले सोचेर निर्णय गर्नुपर्ने समय आएको छ । अब सबै मिलेर देश बनाउनुपर्छ, बचाउनुपर्छ,” उहाँले भन्नुभयो, “देशभर श्रम संस्कृतिको अभियान विस्तार गर्न आवश्यक छ ।” विदेशमा श्रम बेच्न बाध्य नेपाली युवाको अवस्थालाई परिवर्तन गर्न स्वदेशमै श्रमको सम्मान गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

    सामाजिक विभेद अन्त्य गर्दै सत्य र तथ्यमा आधारित राजनीति आवश्यक रहेको उहाँको भनाइ थियो । आगामी निर्वाचनपछि सक्षम र जिम्मेवार नेतृत्व चयन भए जनसहभागितामा आधारित विकास अभियानले गति लिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend