Logo

बिहिवार, कार्तिक १३ गते २०८३

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

  • समाचार
  • फाल्गुण १६, २०८२ शनिवार ०७:५२ बजे
  • 559
    SHARES
  • डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

    तुलसीपुर(दाङ),१६ फागुन : आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको छ ।

    विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस बर्षदेखि डिस्प्ले बोर्ड राखेर मतपरिणाम सार्वजनिक गर्ने गरि तयारी गरेको प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरले बताउनुभयो । उहाँका अनुसार डिस्प्ले बोर्ड र वेभसाईड मार्फत सार्वजनिक गर्ने तयारी रहेकोछ । यसले गर्दा एकद्वार प्रणालीबाट नतिजा सार्वजनिक हुने र विश्वसनिय हुने सूचना अधिकारी कुँवरले बताउनुभयो ।

    कति लटमा सार्वजनिक गर्ने भन्ने खालको निर्णय गरेर सोही अनुसार दाङका तीन वटै निर्वाचन क्षेत्रको मतपरिणाम डिजिटल माध्यमबाट सार्वजनिक गर्ने तयारी रहेको छ । उहाँका अनुसार प्रदेश भरकै जिल्लाबाट तयारी गर्ने योजना समेत रहेकोछ । त्यो सम्भव नभएपनि दाङमा भने यो अभ्यास गर्ने उहाँले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend