Logo

बिहिवार, कार्तिक १३ गते २०८३

आपगाछीमा ६ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण

आपगाछीमा ६ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण

  • समाचार
  • फाल्गुण १७, २०८२ आइतवार ०६:४६ बजे
  • 277
    SHARES
  • आपगाछीमा ६ करोड ६० लाख लागतमा शिव मन्दिर निर्माण

    इनरुवा (सुनसरी), १७ फागुनः सुनसरीको इटहरी उपमहानगरपालिका–१ आपगाछीमा रु ६ करोड ६० लाखको लागतमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ । स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन् । मन्दिरको एक कार्यक्रमबीच शनिबार नेपालका प्रथम जगत्गुरु वालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गर्नुभयो ।

    भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा १९९० सालतिर बसाइँ सरेर आएका चन्द्रप्रसादका सन्तानले पाँच कट्ठा जग्गा खरिद गरी मन्दिर निर्माण गरेको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले बताउनुभयो । चन्द्रप्रसादका देशभर छरिएर रहेका सात भाइ छोराका नाति तथा पनातिले संयुक्त रूपमा जग्गा खरिद गरी चार वर्ष लगाएर मन्दिर निर्माण गरेका हुन् ।

    शिव मन्दिर निर्माणपछि पूजाआर्चनाका लागि खुला गरिएको छ । यहाँ दैनिक रूपमा भक्तजन पूजाआज गर्न आउने गरेका छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend