Logo

बिहिवार, कार्तिक १३ गते २०८३

किसानबाट ११ हजार क्वीन्टल धान खरिद

किसानबाट ११ हजार क्वीन्टल धान खरिद

  • समाचार
  • फाल्गुण १७, २०८२ आइतवार ०६:४९ बजे
  • 298
    SHARES
  • किसानबाट ११ हजार क्वीन्टल धान खरिद

    भरिएपछि अहिले धान खरिद गर्न रोक्का गरिएको छ । प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसाका दरले धान खरिद गरिएको हो ।

    गत मङ्सिर २८ गतेदेखि धान खरिद सुरु गरिएको थियो । यस वर्ष धान बिक्रीका लागि धनुषा र महोत्तरीका ठूलो सङ्ख्यामा किसानले धान बेचेको सो कार्यालयका सहायक प्रबन्धक गङ्गाप्रसाद साहले जानकारी दिनुभयो । बजार मूल्यभन्दा यस कार्यालयबाट धान खरिद मूल्य अत्यधिक भएकाले धान बिक्री गर्ने किसान अत्यधिक रूपमा आएका थिए ।

    कम्पनीले प्रतिकिसान अधिकतम ५० क्विन्टलसम्म धान खरिद गर्दै आएको छ । स्थानीय तहको सिफारिसका आधारमा केही किसानबाट ५५ क्विन्टलसम्म धान खरिद गरिएको सहायक प्रबन्धक साहले बताउनुभयो । धानको भुक्तानी भने सरकारले किसानको बैंक खातामै पठाउने व्यवस्था गरेको छ ।

    धान बिक्री गर्ने किसानमध्ये धनुषा लक्ष्मीनिया गाउँपालिका, नगराइन नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका तथा महोत्तरीको बलवा नगरपालिकाका किसान बढी रहेको उहाँले बताउनुभयो । यस वर्ष कार्यालयले १३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो । तर धान राख्ने ठाउँ कमीका कारण धान किन्न बन्द गरेको थियो । धान खरिदअघि गुणस्तर परीक्षण गर्ने गरिएको र गुणस्तरीय धान मात्र खरिद भइरहेको कार्यालयको गुणस्तर शाखाकी अधिकृत सरला प्रजापतिले जानकारी दिनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend