Logo

बिहिवार, कार्तिक १३ गते २०८३

विजय मल्ल शताब्दी महोत्सव मनाइयो

विजय मल्ल शताब्दी महोत्सव मनाइयो

  • समाचार
  • फाल्गुण १७, २०८२ आइतवार ०६:५१ बजे
  • 292
    SHARES
  • विजय मल्ल शताब्दी महोत्सव मनाइयो

    काठमाडौँ, १७ फागुनः नइ एकेडेमीले शनिबार नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सव मनाएको छ । त्यस अवसरमा विजय मल्लका सिर्जनात्मक कृतिको संवद्र्धनमा उल्लेखनीय योगदानका लागि ४६ प्राज्ञ, साहित्यकार, नाट्य र चलचित्रकर्मीलाई विजय मल्ल नइ शताब्दी पुरस्कार र पदकबाट विभूषित गरिएको थियो ।

    नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँले समालोचक प्रा डा वासुदेव त्रिपाठीलाई ‘विजय मल्ल नइ शताब्दी पदक’बाट विभूषित गर्नुभयो । प्रा डा त्रिपाठीले विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई प्राज्ञिक कार्य गरेबापत उक्त पदकबाट विभूषित गरिएको हो ।

    यस्तै नेपाल तथा भारतका सात प्राज्ञलाई जनही रु २५ राशिसहित ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत गरियो । पुरस्कृत हुने प्राज्ञहरूमा डा रमा शिवाकोटी, डा साधना पन्त ‘प्रतीक्षा’, डा लेखराज खतिवडा, डा गोपालप्रसाद गैरे, डा भगवानचन्द्र ज्ञवाली, डा नित्यानन्द खतिवडा र प्रा डा कृष्णराज घतानी हुनुहुन्छ ।

    त्यसैगरी, विजय मल्लका सिर्जनात्मक कृतिमा आधारित नाट्यमञ्चन तथा चलचित्र निर्माणमा उल्लेखनीय योगदान दिएबापत ३८ जनालाई ‘विजय मल्ल नइ शताब्दी पदक’ समर्पण गरिएको छ । सो पदकबाट विभूषित हुनेहरूमा अंशुमाला शाही, कृष्ण मल्ल, प्रा केशव सुवेदी, गौतमरत्न तुलाधर, चन्द्रमाला शर्मा, चैत्यदेवी, टीका पहारी, प्रा डा दयाराम श्रेष्ठ, डा दुर्गाबहादुर घर्तीमगर, प्रा डा देवीप्रसाद गौतम, प्रा डा देवीप्रसाद सुवेदी, नगीना जोशी, नगेन्द्र थापा, नारायणदेवी प्रधान, नीर शाह, प्रेमबहादुर बस्नेत, भुवन केसी, मदनदास श्रेष्ठ, प्रा डा महादेव अवस्थी, मुरलीधर, मोतीशोभा श्रेष्ठ, रवीन्द्र खड्का, राधेश्याम प्रधान, रीतादेवी प्रधान, रेणु श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, वसन्त श्रेष्ठ, शकुन्तला शर्मा, शिव श्रेष्ठ, शैलेन्द्र सिम्खडा, सन्तोष पन्त, सुवर्ण क्षेत्री, सुषमा शाही, सूर्यमाला शर्मा, हरिबहादुर थापा, हरिहर शर्मा र प्रा डा हेमचन्द्र नेपाल हुनुहुन्छ ।

    समारोहमा समालोचक प्रा डा दयाराम श्रेष्ठ, प्रा डा कृष्णराज घतानी, चैत्यदेवी, मदनदास श्रेष्ठ, लक्ष्मीनाथ शर्मा, हरिहर शर्मा र सदस्यसचिव नरेन्द्रराज प्रसाईँले स्रष्टा विजय मल्लको योगदानबारे चर्चा गर्नुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend