Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

  • समाचार
  • फाल्गुण १८, २०८२ सोमवार १०:१६ बजे
  • 292
    SHARES
  • पर्सामा एक हजार ९० अस्थायी मतदाता

    वीरगञ्ज (पर्सा),१८ फागुनः आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक हजार ९० जना रहेका छन् । जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ ।

    जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले पर्सामा सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकाय लगायतका एक हजार ९० जना अस्थायी मतदाताले प्रतिनधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने बताउनुभयो ।‘‘निर्वाचनको लागि मतदान केन्द्रमा खटिनुभएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘अन्य मतदाताको हकमा भने वीरगञ्ज कारागार र जिल्ला हुलाक कार्यालय पर्साको प्राङगणमा मतदान गर्ने व्यवस्था मिलाएका छौँ ।’’ वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले वीरगञ्ज कारागारमा रहेका ३५ जना कैदीबन्दी मतदानमा सहभागी हुने जानकारी दिनुभयो ।

    ‘‘मतदाता नामावलीमा नाम समावेश गरेका ३५ जना कैदीबन्दी समानुपतिकतर्फको निर्वाचनमा मतदान गर्दै हुुनुुहुन्छ,’’ उहाँले भन्नुभयो,‘‘कैदीबन्दीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था अनुसार कारागारमा नै अस्थायी मतदान केन्द्र तोकेर मतदानको व्यवस्था मिलाइएको छ ।’’

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा भयरहित निर्वाचनको लागि आवश्यक वातावरण तयार पारेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्सामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा गर्ने गरी आवश्यक तयारी गरेको बताउनुभयो ।

    जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा १०७ जना उम्मेदवार रहेका छन् । जसमध्ये ४६ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । स्वतन्त्र उम्मेदवारमध्ये पनि सात जना महिला र ३९ जना पुरुष उम्मेदवार रहेका छन् । त्यस्तै राजनीतिक दलको तर्फबाट ६१ जना उम्मेदवार रहेका छन् । यसमध्ये पाँच जना महिला उम्मेदवार र ५६ जना पुरुष उम्मेदवार छन् ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend