Logo

बिहिवार, कार्तिक १३ गते २०८३

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

  • समाचार
  • फाल्गुण १८, २०८२ सोमवार २१:२३ बजे
  • 493
    SHARES
  • मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते

    रुकुम पूर्व, १८ फागुनः जिल्ला सदरमुकाम रुकुमकोटमा आज अपराह्न भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

    मध्यपहाडी लोकमार्गअन्तर्गत कमलदहबाट कैँचीमोडतर्फ जाँदै गरेको भे८प ६७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, ढुकसेनीका १९ वर्षीय चालक समिर गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जनाएको छ ।

    दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए ।

    दुर्घटनामा परी सोही ठाउँका १८ वर्षीय सुरेश गिरी र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ की १० वर्षीया अनिता डाँगी घाइते हुनुुभएको छ । दुवै जनाको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend