Logo

बिहिवार, कार्तिक १३ गते २०८३

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन

निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन

  • समाचार
  • फाल्गुण २१, २०८२ बिहिवार ०७:२४ बजे
  • 292
    SHARES
  • निजामती कर्मचारी अस्पतालद्वारा आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन

    काठमाडौँ, २१ फागुनः निजामती कर्मचारी अस्पतालले आज हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लक्षित गरी स्वास्थ्य सेवा प्रवाहका लागि १३ सदस्यीय आपत्कालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति गठन गरेको छ ।

    अस्पतालका कार्यकारी निर्देशक डा मोहनचन्द्र रेग्मीका अनुसार अस्पतालका मेडिकल डिभिजन प्रमुख डा दीपक पौडेलको नेतृत्वमा समिति गठन गरिएको हो ।

    समितिमा सिनियर रजिष्ट्रार प्राडा जितेन्द्र परियार, रजिष्ट्रार डा अरुण सिग्देल, रजिष्ट्रार डा जेनर कुरुम्वाङ, रजिष्ट्रार डा समीर न्यौपाने सदस्य रहनुभएको छ ।

    यसैगरी, निमित्त नर्सिङ प्रमुख सविका मुनिकार, प्रशासकीय अधिकृत रञ्जना नेपाल, फार्मेसी अधिकृत दीपा ढुङ्गाना, रेडियोग्राफी टेक्नोलोजिष्ट प्रविन धौराली, वरिष्ठ ल्याब टेक्निसियन अमेन्द्र अधिकारी र सवारी इञ्चार्ज रामहरि श्रेष्ठ सदस्य हुनुहुन्छ ।

    समितिको सदस्य सचिवको जिम्मेवारी भने रजिष्ट्रार डा रमेश पन्तलाई दिइएको छ ।

    कार्यकारी निर्देशक डा रेग्मीले निर्वाचनमा सम्भावित घटनाको उपचार व्यवस्थापन गर्नका लागि समिति गठन गरेको जानकारी दिनुभयो ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई निर्वाचनमा स्वास्थ्य सेवा प्रदान गर्नका लागि ‘दु्रत प्रतिकार्य टोली’ गठन गर्ने निर्देशन दिएको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend