Logo

बिहिवार, कार्तिक १३ गते २०८३

देशका अधिकांश भागमा आज मौसम सफा रहने

देशका अधिकांश भागमा आज मौसम सफा रहने

  • समाचार
  • फाल्गुण २१, २०८२ बिहिवार ०७:३५ बजे
  • 505
    SHARES
  • देशका अधिकांश भागमा आज मौसम सफा रहने

    काठमाडौँ, २१ फागुनःजल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।

    साथै मुलुकका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    कोशी प्रदेशका हिमाली, पहाडी र तराई भागमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने जनाइएको छ भने मधेस प्रदेशका तराईका केही भागमा मुख्यतया मौसम सफा रहनेछ ।

    बागमती प्रदेशका हिमाल, पहाड र तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा मौसम रहने पूर्वानुमान गरिएको छ । गण्डकी प्रदेशका सबै भू–भागमा आंशिक बदली हुनेछ ।

    लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने तथा तराई क्षेत्रमा मुख्यतया सफा मौसम रहनेछ । कर्णाली प्रदेशका हिमाली र पहाडी क्षेत्रमा मुख्यतया मौसम सफा रहने जनाइएको छ ।

    सुदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई भू–भागमा मुख्यतया मौसम सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend