Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

  • समाचार
  • फाल्गुण २१, २०८२ बिहिवार १२:२५ बजे
  • 553
    SHARES
  • हुम्लामा शान्तिपूर्ण रूपमा मतदान जारी

    सिमकोट (हुम्ला), २१ फागुनः हिमाली जिल्ला हुम्लामा आज बिहानदेखि शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । यहाँका मतदाता उत्साहपूर्णक मतदान प्रक्रियामा सहभागी भइरहेका छन् ।

    बिहान ७ः००बजेदेखि अहिलेसम्म हुम्लाका ६३ वटा मतदान केन्द्रबाट चार हजार ५८० मत खसेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले जानकारी दिनुभयो । उहाँले अहिले जिल्लाभर मतदान जारी रहेको उल्लेख गर्दै शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको बताउनुभयो ।

    जिल्लामा सुरक्षा व्यवस्थासमेत सुदृढ रहेको जनाइएको छ । निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रबाट ३०० मिटरभित्र मादकपदार्थ बिक्रीवितरण गर्न निषेध गरिएको छ भने पाँच सय मिटरभित्र प्रचारप्रसार सामग्री टाँस्न रोक लगाइएको छ । मतदाता परिचयपत्र हराएको अवस्थामा फोटोसहितको अन्य सरकारी परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

    साथै अशक्त, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकले आवश्यक परे एकाघरका सदस्य वा इच्छाएको व्यक्तिको सहयोगमा मतदान गर्न पाउने व्यवस्था गरिएको निर्वाचन अधिकृत बरालले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend