Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

  • समाचार
  • फाल्गुण २२, २०८२ शुक्रवार ०७:५२ बजे
  • 571
    SHARES
  • हात्तीको आक्रमणमा एक जनाको मृत्यु

    बेलबारी (मोरङ), २२ फागुनः बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट फर्कने क्रममा तामाङलाई हात्तीले आक्रमण गरेको हो ।

    घटनापछि आफन्त साथै स्थानीयले खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० स्थित पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटरभित्र पर्ने सिर्जना सामुुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरी प्रमुख गिरीले बताउनुभयो ।

     

    R.S.S


    Investigation Journalism

    सम्बन्धित समाचार

    Copyright © All right reserved to investigationjournalism.com Site By: SobizTrend